नेपालले २२ टन राहत सामग्री टर्की पठायो
अखबार टुडे
प्रकाशित:
२०७९, १ फाल्गुन

काठमाडौं, १ फागुन । नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानो कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको हो ।

माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

गएको सोमवार बिहान र दिउँसो गएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा र सिरियामा गरी ३३ हजारभन्दा धेरैको ज्यान गइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया