नेपाल खबर

विमला वलीले त्यागिन् माओवादी केन्द्र

काठमाडौं, १ फाल्गुन । लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको आरोप लगाउँदै माओवादीबाट राजीनामा दिएकी छन् ।

उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्षसमक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेका हुन् । वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख छ ।

उनको राजीनामामा उल्लेख छ, ‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।’

श्रीमान्को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top