काठमाडौं आइपुग्यो ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप
अखबार टुडे
प्रकाशित:
२०७९, १ फाल्गुन

काठमाडौं, १ फाल्गुन । काेराेना भाइरसविरुद्ध फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप आज (सोमबार) बिहान काठमाडौं ल्याइएको हो ।

उक्त खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो ।

विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ ।

प्रतिक्रिया