काठमाडौं आइपुगे भारतीय विदेश सचिव क्वात्रा
अखबार टुडे
प्रकाशित:
२०७९, १ फाल्गुन

काठमाडौं, १ फागुन । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा उनी काठमाडौं पुगेका हुन् ।

भ्रमणका क्रममा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताह तथा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सचिव क्वात्रा आज नै नेपाल—भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । उक्त छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने बताइएको छ । लञ्चपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि–पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।

सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको औपचारिक निम्तो दिने पनि बताइएको छ । ४ मंसिरको चुनावपछि भारतबाट भएको यो उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया