गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको निर्णय
प्रकाशित:
२०७९, १ फाल्गुन

काठमाडौं, १ फाल्गुन । सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विश्वविद्यालय’ बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजको आजै उद्घाटन गर्दैछन् । त्ययसअघि आइतबार सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग प्रधानमन्त्री प्रचण्डले यसबारे छलफल गरेका थिए ।
छलफलका क्रममा गेटा कलेजलाई राष्ट्रिय विश्वविद्यालय बनाउने प्रतिवद्धता गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषदमार्फत निर्णय नै गराएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार