सरकारको निर्णय : ‘जनयुद्ध दिवस’मा सोमबार सार्वजनिक विदा
अखबार टुडे
प्रकाशित:
२०७९, २९ माघ

काठमाडौं, २९ माघ । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

तत्कालीन नेकपा माओवादी २०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गरेको थियो । त्यसदिनलाई नेकपा माओवादीले जनयुद्ध दिवशका रुपमा मनाउँदै आएपनि सरकारले पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

माओवादीले जनयद्ध छाडेर २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धकै जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनबाटै स्थापित भएको हो ।

प्रतिक्रिया