अर्धवार्षिक समीक्षामार्फत दुई खर्ब ४४ अर्ब घटाइयो बजेटको आकार (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७९, २९ माघ

काठमाडौं, २९ माघ । सरकारले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्ष २०७९/०८० को लागि ल्याइएको बजेटमा कटौती गरेको छ । तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले ल्याएको १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

आइतबार प्रतिनिधि सभामा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १४ प्रतिशतले घटााइएको जानकारी दिए ।

उनका अनुसार अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने भएको छ । यो पहिलाको बजेटभन्दा २ खर्ब ४४ अर्बले कम हो ।

यस्तै अर्धवार्षिक समीक्षामार्फत राजस्व संकलनको लक्ष्य पनि घटाइएको छ । यसअघि १४ खर्ब ३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा अब यस्तो लक्ष्य १२ खर्ब ४४ अर्ब ७५ करोडमा झारिएको छ । उनले आर्थिक वर्ष २०२४/०२५ पछि यस वर्ष पहिलो पटक कम राजस्व संकलन भएको जानकारी दिए ।

पौडेलले चालु आर्थिक वर्ष २०७९/०८० मा मुलुकको आर्थिक वृद्धिदर लक्ष्यअनुसार आठ प्रतिशत नपुग्ने बताएका छन् । उनले कोभिडको समयमा लिइएको सहजीकरणमा समयमै उचित निर्णय लिन नसक्दा अहिले समस्या परेको बताए ।

यद्यपी देशको अर्थतन्त्र सुध्रिने क्रममा रहेको देखिन्छ । चालू आवको ६ महिनामा धान उत्पादन ६.९४ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ भने मुद्रास्फीति ७.३ प्रतिशत रहेको छ । मुन्द्राप्रदाय ३.६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

आव २०७९/८० को पहिलो ६ महिनामा २.८ प्रतिशतले कुल आन्तरिक कर्जा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कंकल गर्ने निक्षेमा ४.२ प्रतिशतले वृद्धि भएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

प्रतिक्रिया