लुम्बिनीका नवनियुक्त ७ मन्त्रीले लिए शपथ
अखबार टुडे
प्रकाशित:
२०७९, २९ माघ

बुटवल, २९ माघ । । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ७ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरुलाई शपथ दिलाएका हुन् ।

पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना, तथा राप्रपा र जनमतबाट एक–एक मन्त्री नियुक्त भएका छन् ।

आज आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् । यस्तै, मन्त्री यादव राप्रपा र गुप्ता जनमत पार्टीका हुन् । सरकारलाई समर्थन गरेको जसपा, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् ।

प्रतिक्रिया