चर्चित अफ्रिकन र्यापर एकेएको गोली हानी हत्या
प्रकाशित:
२०७९, २९ माघ
![](https://akhabartoday.com/wp-content/uploads/2023/02/aka-african-rapper.jpg)
काठमाडौं, २९ माघ (एजेन्सी) । दक्षिण अफ्रिकाका चर्चित र्यापर किर्नान जारेड फोर्ब्स (एकेए) को गोली हानी हत्या भएको छ । ३५ वर्षीय ¥यापर एकेएको डरबनस्थित एक रेस्टुरेन्ट नजिकै गोली हानेर हत्या भएको हो ।
उनीसँगै उनका साथीको पनि हत्या भएको छ । बीबीसीसँग कुराकानी गर्दै प्रहरी प्रवक्ता कर्नेल रोबर्ट न्त्शिउन्डाले ¥यापर एकेए र उनका साथी एक नाइट क्लबको कार्यक्रममा सहभागी हुन आफ्नो कारमा जाँदै गर्दा दुई हतियारधारीले उनीहरूलाई नजिकैबाट गोली हानेको जानकारी दिएका छन् ।
यसपछि आक्रमणकारीहरू पैदल नै घटनास्थलबाट फरार भएको पनि उनले बताए । प्रहरीका अनुसार यो हत्या ‘हिट एन्ड रन’ पनि हुनसक्ने सम्भावना रहेको बताएका छन् । अहिले हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया