नेपाल खबर

डाक्टर कुटपिट प्रकरण: ६ बुँदे सहमतिमा चिकित्सकको आन्दोलन स्थगित

काठमाडौं, २९ माघ । पूर्वघोषित आन्दोलन फिर्ता लिन नेपाल चिकित्सक संघले सहमति जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आइतबार बिहानैदेखि भएको वार्तामा सरकार र चिकित्सिक संघबीच ६ बुँदे सहमतिमा आन्दोलनका कार्यक्रम स्थगित भएको हो ।

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

यही माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न संसद भवन जाने क्रममा बीर अस्पतालका एक डाक्टर प्रहरीबाट कुटिएपछि संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो ।

संघको उक्त निर्णयपछि बिरामी र उनीहरूका आफन्तहरुले तत्काल अस्पताल खोलेर चेकजाँच गर्न माग गर्दै वीर अस्पताल अगाडि सडकमा प्रदर्शनसमेत गरेका थिए । सरकारले चिकित्सक कुटपिट घटनामा संलग्न प्रहरी वरिष्ठ हवल्दारलाई निलम्बन गरिसकेको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top