सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रिमण्डल गठन
अखबार टुडे
प्रकाशित:
२०७९, २७ माघ

काठमाडौं, २७ माघ । सुदूरपश्चिमका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

शपथसँगै शाहले २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । उनले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका हुन् ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया