अन्ततः निहारिका र शिवराजले गरे विवाह
अखबार टुडे
प्रकाशित:
२०७९, २७ माघ

जनकपुरधाम, २७ माघ । सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले शुक्रबार जानकी मन्दिरमा टिकाटालो गरी विवाह गरेका हुन् । यसअघि नै उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्ता गराइसकेका छन् ।

निहारिकाले आफूमाथि बलात्कार भएको भन्दै पछिल्लो समय उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् । तर। गत १६ माघमा धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने बताउँदै मिलापत्र गरेकी थिइन् ।

आफूलाई ‘कुमारी आमा’ भनेर चिनाउने निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

तर, धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् ।

प्रतिक्रिया