त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा
प्रकाशित:
२०७९, २७ माघ
काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
गैरकानुनी लाभ लिने उद्देश्यले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले गरेको कुराकानीको अडिओ बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले निलम्बन गरेको हो ।
निलम्बनसँगै उक्त अडिओको छानबिन गर्न मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा आवद्ध छन् ।
प्रतिक्रिया