१३ सय रुपैयाँले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, २७ माघ

काठमाडौं, २७ माघ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । बिहीबार एक सय रुपैयाँ बढेको सुनको भाउ आज (शुक्रबार) प्रतितोला १३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया