माओवादी पदाधिकारीदेखि केन्द्रीय समितिसम्म पूर्णता, कस्लाई कुन वरीयता ? (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २६ माघ

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

२०७८ पुष दोस्रो साता काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन । तर लामो समयसम्म कार्यविभाजन नभएपछि माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पूर्णता दिएको हो ।

जसअनुसार माओवादी पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेको बताइएको छ । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ र वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् ।

वरियतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।

माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको नेता गणेश साहले जानकारी दिए । उनका अनुसार सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको छ ।

हेर्नुहोस सूची :

प्रतिक्रिया