अभिनेत्री करिश्माले दिइन् डिल्लीराम खनालविरुद्ध साइबरमा उजुरी
प्रकाशित:
२०७९, २५ माघ

काठमाडौं, २५ माघ । अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । करिश्माले मंगलबार खनालविरुद्ध ब्यूरोमा गएर उजुरी दिएकी हुन् ।
सामाजिक सञ्जाल तथा युट्युबमा अन्तर्वार्ता दिएर चर्चामा आएका खनालले करिश्मा लिभिङ टुगेदर बसेको आरोप लगाउँदै युट्युबमा अन्तर्वार्ता दिएका थिए ।
उनको यस्तो अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै नायिका मानन्धरले उजुरी दिएकी छन् । उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको ब्यूरोले जानकारी दिएको छ ।
प्रतिक्रिया