राष्ट्र बैंकले तिरायो चार वटा बैंकलाई २ करोड जरिवाना
अखबार टुडे
प्रकाशित:
२०७९, २५ माघ

काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले चार वटा वाणिज्य बैंकलाई दुई करोड रुपैयाँ जरिबाना तिराएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशिकाको उल्लङ्घन गरेकाले चार वटा बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले जरिबाना तिराएको हो ।

प्रभु बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले कुल दुई करोड रुपैयाँ जरिबाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै राष्ट्र बैंकका विभिन्न नीति नियम पालना नगरेको भन्दै माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिभिल बैंक, नबिल बैंक र प्रभु बैंकलाई सचेत गराएको छ ।

प्रतिक्रिया