उच्चस्तरीय संयन्त्रको बैठक भोलि, राष्ट्रपति बारे छलफल हुने
अखबार टुडे
प्रकाशित:
२०७९, २५ माघ

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।

आज बिहान ओलीसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा गएका थिए । छलफलपछि बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बस्ने र राष्ट्रपति उम्मेदवारबारे छलफल हुने बताए ।

उनले भने, ‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौं । राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’

राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । तर, प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत छैनन् ।

प्रतिक्रिया