भूकम्पमा परि टर्किस गोलकिपर तुर्कास्लानको निधन
अखबार टुडे
प्रकाशित:
२०७९, २५ माघ

काठमाडौं, २५ माघ (एजेन्सी) । टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परि गोलकिपर अहेमेत इयुप तुर्कास्लानको निधन भएको छ ।

तुर्कास्तानले व्यावसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले भूकम्पमा परि उनको निधन भएको पुष्टि गरेको हो ।

टर्की र सिरियामा सोमबार बिहानै ७.८ रेक्टरको भूकम्प गरेको थियो । सो भूकम्पमा परि हालसम्म ८ हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भूकम्पमा परि ज्यान गुमाएका छन् । हार्दिक श्रद्धाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।’

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए ।

प्रतिक्रिया