भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
अखबार टुडे
प्रकाशित:
२०७९, २४ माघ

काठमाडौं, २४ माघ । नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्णायक खेलमा भारतलाई ३–१ गोलले पराजित गर्दै नेपाल फाइनलमा स्थान बनाएको हो ।

मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा १ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै नेपालले पुनरागमन जित निकाल्यो । नेपालको जितमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक÷एक गोल गरिन् । भारतका लागि अपूर्णाले २१ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।

यसअघि पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–१ गोलले हराएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो ।

प्रतिक्रिया