जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने कर्णाली सरकारको निर्णय
प्रकाशित:
२०७९, २४ माघ

काठमाडौं, २४ माघ । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा बिदा दिने निर्णय गरेको हो ।
यस्तै बैठकले चालू आर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीको निर्क्यौल भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार