विदाहरु धेरै भए, गृहकार्य गरेर पुनर्विचार गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २४ माघ

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाहमा समस्या देखिएको र त्यसमा पुनर्विचार गर्न आवश्यक भएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रा सरकारी विदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ । सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौँ । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ।’

प्रधानमन्त्रीले प्रचण्डले हामीले मनाउँदै आएको गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र लोकतन्त्र दिवसको कार्यक्रमको चरित्र एउटै भएकाले त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक बताए ।

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ ।

प्रतिक्रिया