टर्कीमा भूकम्प : मृत्यु हुनेको संख्या चार हजार नजिक
अखबार टुडे
प्रकाशित:
२०७९, २४ माघ

काठमाडौं, २४ माघ । टर्कीको गाजी एन्टेप सहरनजिक केन्द्र बनाएर सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ ।

बीबीसीका अनुसार उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेका छन् । भूकम्पका कारण टर्कीसँगै सिरियामा समेतख धेरै मानिसले ज्यान गुमाएका छन् । दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको समाचारमा जनाइएको छ ।

भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्नेक्रम जारी रहेको समाचारहरुमा उल्लेख छ ।
सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको जनाइउको छ ।

प्रतिक्रिया