‘नेशनल डिजाइनर रन-वे’मा आईआईएफटी स्कूल अफ फेसन डिजाइनकाकै वचश्र्व
अखबार टुडे
प्रकाशित:
२०७९, २३ माघ

काठमाडौं, २३ माघ । गत फेसन डिजाइनको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘नेशनल डिजाईनर रनवे–२०२२’मा आईआईएफटी स्कूल अफ फेसन डिजाइनका स्यामुअल अर्कानसासले शीर्ष विजेता बनेका थिए ।

यस्तै, यस वर्ष अर्थात ‘नेशनल डिजाइनर रनवे–२०२३’को शीर्ष उपाधि पनि आईआईएफटी स्कूल अफ फेसन डिजाइनका विद्यार्थीले शीर्ष उपाधि जितेको छ । यस वर्ष आईआई बिप्लवराज नाग नहरले शीर्ष उपाधी जितेका छन् ।

शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगिताको फाइनलमा विभिन्न फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए । उनीहरुको प्रस्तुतीका आधारमा विजेता घोषणा गरिएको हो । नाग नहरले शीर्ष उपाधी हात पार्दा सावित्रीदेवी राईले फस्र्ट रनरअप र सरला डंगोलले सेकेण्ड रनरअप तथा बर्षा पन्त मस्ट पपुलरको सवटाइल पाउन सफल भएका छन् ।

उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु निशा श्रेष्ठ, रश्मी तण्डुकार, रजनी तुलाधर, सशीला वन्त, दीपक घिमिरे र आयोजक संस्था मोडल सङस् नेपालका सिईओ डेभिलसिंह राजपुतले पुरस्कृत गरेका थिए ।


रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगिताको निर्देशक स्वस्ती दंगाल र कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बाँस्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया