टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प: १७ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २३ माघ

काठमाडौं, २३ माघ । टर्कीमा गएको शक्तीशाली भूकम्पमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परि १७ जनाको मृत्यु भएको हो ।

स्थानियहरुका अनुसार मृतकको संख्या लगातार बढ्दै भइरहेको बीबीसीले जनाएको छ । अअमेरिकी भौगोर्भिक सर्वेक्षणका अनुसार सोमबार बिहान गजिएन्टेप सहरको १७.९ किलोमिटर नजिक ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का टर्कीको राजधानी अंकारा र अन्य सहरमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण धेरै भवनहरु ध्वस्त भएका छन् भने कैयौँ मानिस फसिरहेको रिपोर्टमा रिउल्लेख छ । टर्कीका आन्तरिक मन्त्री सुलेमोन सोयलुले भूकम्पका कारण १० सहर प्रभावित भएको बताएका छन् ।

प्रतिक्रिया