अमेरिकाले बेलुन खसालेपछि चीनले भन्यो- यो अतिरञ्जित र अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन हो
अखबार टुडे
प्रकाशित:
२०७९, २२ माघ

वासिंगटन, २२ माघ (एजेन्सी) । अमेरिकी वाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर, चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।

उक्त वेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा उक्त वेलुनलाई खसालिएको हो ।

‘चीनले हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लङ्घन गरेको प्रतिक्रियास्वरूप वेलुन खासाल्नु ‘जानाजानी गरिएको र विधिसम्मत कदम हो’ अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन् ।

तर, चीनको विदेश मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको निन्दा गर्दै ‘नागरिक विमान’ ९बेलुन० खसालेको घटना स्पष्टरूपमा अतिरञ्जित र अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लङ्घन’ भएको बताएको छ ।

एक वरिष्ठ रक्षा अधिकारीले पत्रकारहरूसँग भने, ‘शनिबार अपरान्ह सेनाले बेलुनलाई ‘अमेरिकीहरूको सुरक्षाको लागि खतरा उत्पन्न नगर्ने गरी’ खसाल्ने पहिलो मौका थियो ।

प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा बेलुन सेतो पफमा टुक्रिएको जस्तो देखिएको थियो र यसको अवशेष तल एटलान्टिक महासागरमा सिधै खसेको देखिएको छ ।

ट्विटर प्रयोगकर्ता हेली वाल्शले दक्षिण क्यारोलिनाको एक लोकप्रिय रिसोर्ट शहर मर्टलबिचमा विस्फोटको आवाज सुनेको र महसुस गरेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार बेलुनको ‘निगरानी गर्ने’ बताएका थिए । इडेनले मेरिल्याण्डमा पत्रकारहरूसँगको कुराकानीमा भने, ‘उनीहरूले यसलाई सफलतापूर्वक तल झारे । म यस कार्यमा सरिक हुने हाम्रा ‘एभिएटर्स’को प्रशंसा गर्छु ।’

यस घटनालाई चीनले ‘स्पष्ट रूपमा अतिरञ्जित’ भनेको छ । अमेरिकी अधिकारीहरूले अमेरिकी आकाशमा एउटा ठूलो चिनियाँ ‘सर्भिलेन्स बेलुन’ ट्र्याक गरिरहेको बताएपछि बिहीबार विवाद सुरु भएको थियो ।

घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र चीनबीच बढ्दो तनावलाई नियन्त्रण गर्न गर्ने भनिएको बेइजिङको दुर्लभ भ्रमण रद्द गरेका छन् ।

प्रारम्भिक हिचकिचाहट पछि, बेइजिङले ‘एयरशिप’को स्वामित्व स्वीकार गरेको छ । तर, यसलाई मौसम अनुसन्धानका लागि गरिएको एउटा नागरिक बेलुन भन्दै यो घटनाप्रति ‘खेद’ व्यक्त गर्दछ ।

तर, शनिबारको प्रतिक्रियापछि विदेश मन्त्रालयले ‘मानवरहित नागरिक हवाई जहाजमाथि आक्रमण गर्न संयुक्त राज्य अमेरिकाले बल प्रयोग गरेकोमा चीनको कडा असन्तोष र विरोध’ व्यक्त गरेको छ ।

चिनियाँ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयमित ढङ्गले जवाफ दिनुको साटो संयुक्त राज्य अमेरिकाले बल प्रयोग गर्न जोड दिएको छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘चीनले सम्बन्धित उद्यमहरूको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ र थप आवश्यक प्रतिक्रियाहरू दिने अधिकार सुरक्षित राख्नेछ ।’

पेन्टागनका अधिकारीहरूले शनिबार पत्रकारहरूलाई बताएअनुसार बेलुन पहिलो पटक जनवरी २८ मा अलास्काको अमेरिकी आकाशमा प्रवेश गरेको थियो ।

हालैको इतिहासमा यस्तो विमान अमेरिकी भूमिमा उडेको यो पहिलो घटना भने होइन, वरिष्ठ रक्षा अधिकारीले भने, यद्यपि यो देशमा बिताएको सबैभन्दा लामो समय हो। डोनाल्ड ट्रम्पको कार्यकालमा तीन वटा बेलुन र बाइडन प्रशासनको पालामा एउटा बेलुन देखिएको थियो ।

बाइडनले बुधबार पत्रकारहरुसँग कुरा गर्दै आफूले जतिसक्दो चाँडो उक्त यानलाई खसाल्न आदेश दिएका थिए । बाइडेनले भने, ‘जमीनमा कसैलाई हानि नपु¥्याई त्यो काम गर्नको लागी सबै भन्दा राम्रो समय थियो । उनीहरूले सही निर्णय गरे । वेलुन पानीमा खसालिएको छ ।’

प्रतिक्रिया