एकैदिन प्रतितोला २ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
प्रकाशित:
२०७९, २२ माघ

काठमाडौं, २२ माघ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । कारोबारको पहिलो दिन आज (आइतबार) गत साताको शुक्रबारको तुलनामा एकैदिन २ हजारले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ थियो । शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेको छ । महासंघले चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
