एकैदिन प्रतितोला २ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, २२ माघ

काठमाडौं, २२ माघ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । कारोबारको पहिलो दिन आज (आइतबार) गत साताको शुक्रबारको तुलनामा एकैदिन २ हजारले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ थियो । शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ घटेको छ । महासंघले चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया