गोली हानेर चिनियाँ बेलुनलाई अमेरिकाले खसाल्यो
अखबार टुडे
प्रकाशित:
२०७९, २२ माघ

काठमाडौं, २२ माघ । अमेरिकाले आफ्नो देशको आकाशमा पुगेको चिनियाँ बेलुनलाई खसालिदिएको छ । यसअघि उक्त चिनियाँ बेलुनले सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको थियो ।

उक्त चिनियाँ बेलुनलाई अमेरिकाले लडाकु विमान प्रयोग गरेको समुद्री क्षेत्रमा खसालेको समाचारमा जनाइएको छ । अमेरिकी रक्षा मन्त्रालयले जनाएअनुसार राष्ट्रपति बाइडनले साउथ क्यारोलाइनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बेलुनलाई गोली हानेर खसाइदिएकामा पाइलटहरूलाई बधाई दिएका छन् ।

पेन्टागनले उक्त कारबाही वैधानिक भएको बताएको बीबीसीले उल्लेख गरेको छ । तर, चीनले भने उक्त बेलुन मौसम अवलोकनका लागि छाडिएको र बाटो बिराएको बताउँदै आएको थियो । अमेरिकाले बेलुनलाई खसालेकामा चीनले असन्तुष्टि जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सञ्चारमाध्यमलाई त्यसको भग्नावशेष मटल बीच, साउथ क्यारोलाइना नजिकै ४७ फिट गहिरो पानीमा खसेको जानकारी दिएको छ । उक्त बेलुनको भग्नावशेष संकलनका लागि दुई वटा नौसैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको समाचारमा जनाएको छ ।

प्रतिक्रिया