‘पिरती’मा टिकटक सुन्दरी निशा र चाहाना (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २१ माघ

काठमाडौं, २१ माघ । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको ‘पिरती’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा हेमन्त र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ ।

राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ । पर्यटकीय नगरी घान्द्रुकमा छायाँकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा हेमन्त, बिजय पुन, निशा मगर र चाहाना मगरले नृत्य गरेका छन् । निशा र चाहाना सोशल मिडिया टिकटिकमा चर्चित छन् ।

भिडियोमा प्रेममा परेपछिको खुशीलाई रोमान्टिकरुपमा प्रस्तुत गरिएको छ । निर्देशक मौसम हिमालीले भिडियोलाई कलात्मक शैलीमा पस्किएका छन् । नवीन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायाँकन पवन सुसलिङले गरेका हुन् ।

प्रतिक्रिया