निर्वाचन आयोगले सरकारलाई करिब ३ अर्ब चुनाव खर्च फिर्ता गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २० माघ

काठमाडौं, २० माघ । निर्वाचन आयोगले सरकारलाई करिब ३ अर्ब रुपैयाँ चुनाव खर्च फिर्ता गर्ने भएको छ ।

शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिएका हुन् ।

थपलियाले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नभएको बताए ।

उनले चुनावका लागि सरकारसँग १० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रूपैयाँ फिर्ता गर्ने तयारीमा रहेको उल्लेख गरे ।

नेपाल सरकारबाट उक्त निर्वाचनका लागि १० अर्ब विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख निकासा भएको थियो ।

प्रतिक्रिया