सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरूद्धको रिटमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
अखबार टुडे
प्रकाशित:
२०७९, २० माघ

काठमाडौं, २० माघ । नाबालिमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।

लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । उक्त आदेश बदर गर्न र लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

उक्त निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ । धरौटीमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।

प्रतिक्रिया