नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान
प्रकाशित:
२०७९, २० माघ

धनगढी, २० माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । कैलाली–२ का प्रतिनिधिसभा सांसद अरुणकुमार चौधरी बिहीबार बाँकेमा पक्राउ परेका थिए ।
शुक्रबार बिहानै जिल्ला अदालत कैलालीबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन् ।
२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो ।
फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए । नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार