सहमतिअनुसार रास्वपाले गृह मन्त्रालय पाउनुपर्छ : अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०७९, १९ माघ

विराटनगर, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै ओलीले यसअघि सत्ता गठबन्धनमा भएको सहमतिअनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कुन कुन पार्टीले के–के लिने भन्ने सहमति पहिल्यै भएको छ । हामीले गृह मन्त्रालय उहाँहरूलाई दिएका हौँ । रास्वपाले आफूले पाउनुपर्ने कुरा दिनुपर्छ । अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो ।’

उनले रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिनेसमेत बताए । अध्यक्ष ओलीले वर्तमान सरकार संकटमा नरहेको दाबी पनि गरे ।

फरक प्रसंगमा अध्यक्ष ओलीले कांग्रेसमा राजनीतिक संसकार नभएको आरोप लगाए । ‘कांग्रेसमा राजनीतिक संस्कार छैन । गृहराज्यमन्त्री दिँदा पनि सरकारमा आउँछ,’ उनले भने ।

प्रतिक्रिया