सुनको मूल्यले नयाँ कीर्तिमान राख्ने क्रम जारी, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७९, १९ माघ

काठमाडौं, १९ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान राख्ने क्रम जारी रहेको छ । आज (बिहीबार) तोलामा बार सय रुपैयाँले बढेसँगै सुनको मूल्यले हाल सम्मकै नयाँ कीर्तिमान राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।

योसँगै माघ महिनामा मात्रै सुनको मूल्यले ३ पटक नयाँ रेकर्ड बनाएको छ । यसअघि माघ १० र १२ गते क्रमश सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र १ लाख ६ हजार ९०० रुपैयाँ पुग्दा नयाँ रेकर्ड बनेको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।

प्रतिक्रिया