सुनको मूल्यले नयाँ कीर्तिमान राख्ने क्रम जारी, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो
प्रकाशित:
२०७९, १९ माघ

काठमाडौं, १९ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान राख्ने क्रम जारी रहेको छ । आज (बिहीबार) तोलामा बार सय रुपैयाँले बढेसँगै सुनको मूल्यले हाल सम्मकै नयाँ कीर्तिमान राखेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।
योसँगै माघ महिनामा मात्रै सुनको मूल्यले ३ पटक नयाँ रेकर्ड बनाएको छ । यसअघि माघ १० र १२ गते क्रमश सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र १ लाख ६ हजार ९०० रुपैयाँ पुग्दा नयाँ रेकर्ड बनेको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
