त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित एक जना विदेशी नागरिक पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १९ माघ

काठमाडौं, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम अवैध सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

बुधबार राती १२ बजे दुबइबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा काठमाडौं आएका क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा अवैध सुनसहित पक्राउ गरिएको हो ।

उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र एक किलोको गोलाकार सुन भेटिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डे जानकारी दिए ।

उनलाई पक्राउ गरि अहिले गौशाला प्रहरी वित्तमा राखिएको छ । उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । पाण्डेका अनुसार उनी पहिलो पटक नेपाल आएको प्रवक्ता पाण्डेको भनाइ छ ।

प्रतिक्रिया