क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण: कस्लाई कुन ग्रेड ?
अखबार टुडे
प्रकाशित:
२०७९, १८ माघ

काठमडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले छ महिनाका लागि पुरुष र महिला क्रिकेटरहरुको वर्गीकरण गरेको छ ।

पोखरामा भएको कार्यसमितिको बैठकले सन् २०२३ को जनवरीदेखि जुनसम्मका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।

यसअनुसार पुरुषतर्फ ग्रेड ‘ए’मा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । ग्रेड ‘बी’ मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ ।

त्यस्तै महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् । ग्रेड बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् भने कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम ग्रेड सीमा परेकी छन् ।
क्यानले संघको वार्षिक साधारण सभा अर्को महिना सुर्खेतमा गर्ने निर्णय गरेको छ । यस्तै, क्यानले विभागीय टिम नेपाल पुलिसबाट व्यावसायिक क्रिकेट खेल्दै आएका गुल्शन झालाई यू–१९ को कप्तान पनि नियुक्त गरेको छ ।

प्रतिक्रिया