यूएसएआईडीका प्रमुख नेपाल आउँदै
अखबार टुडे
प्रकाशित:
२०७९, १८ माघ

काठमाडौं, १८ माघ । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने भएका छन् ।

नियोगले बुधबार एक विज्ञप्ति जारी गर्दै यूएसएआईडीका प्रमुख सामन्था यसै साता नेपाल आउने जानकारी दिएको हो ।

उनले भ्रमणका क्रममा सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने यूसएआईडीले जनाएको छ । सामन्था नयाँ सरकार बनेपछि अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण गर्ने प्रतिनिधि हुन् ।

यसै सातामात्र अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन् ।

प्रतिक्रिया