क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लद्वारा राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, १८ माघ

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

नेपाल टी–ट्वान्टी लिग विवादित भएपछि उनले हिजो बोर्ड बैठकमा राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमा केन्द्रिय समितिका ७ जना सदस्यहरूले लिखित रुपमै क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत पाँच जनाको राजिनामा माग गरेका थिए ।

२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए ।

मंगलबार बसेको बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ । क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको जनाएको छ ।

प्रतिक्रिया