साँझसम्म गृह नपाए रास्वपा आजै सरकारबाट बाहिरिने
अखबार टुडे
प्रकाशित:
२०७९, १७ माघ

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साँझसम्म गृह मन्त्रालय नपाए आजै सरकार छाड्ने चेतावनी दिएका छन् ।

लामिछानेले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग आफुलाई गृहमन्त्रीको जिम्मेवारी दिन आग्रह गरेका थिए ।

तर, प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी दिन ठोस जवाफ नदिएर सल्ला गर्छाौ भनेपछि लामिछानेले आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनको उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमेको थियो । तर आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएपछि उनी पुनः गैरसांसद मन्त्रीका रुपमा सिंहदरबार छिर्न बार्गेनिङ गरिरहेका छन् ।

सञ्चारमाध्यममा प्रकाशीत खबर अनुसार गृह मन्त्रालय नपाए रविले आजै बेलुका पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिएको घोषणा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया