काठमाडौं, १६ माघ । अष्ट्रेलियामा एक बृद्ध विमारीमाथि हातपात गरेको भन्दै एक जना नेपाली नर्स पक्राउ परेकी छन् ।
अष्ट्रेलियन समाचार संस्था नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको हो ।
अष्ट्रेलियाको राजधानी सिड्नीस्थित एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेका थिए । त्यसलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । यो कसुरमा नर्स पाण्डेमाथि जेल सजाय हुन सक्ने जनाइएको छ ।
A Nepalese nursing assistant could be jailed for slapping and pushing elderly patients at an Epping nursing home.
— 9News Sydney (@9NewsSyd) January 30, 2023
Asmita Pandey was arrested, after her colleagues reported her violent outbursts. @KateCreedon9 #9News pic.twitter.com/WIytnCxM6a