विश्व

पाकिस्तानमा बम विस्फोट : २८ जनाको मृत्यु हुँदा डेढ सय बढी घाइते

काठमाडौं, १६ माघ (एजेन्सी) । पाकिस्तानको एउटा मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला विस्फोट भएको हो ।

उक्त घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् । उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन् ।

पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए । उनले भने, ‘छत खस्दा केही मानिस पुरिएको आशंका छ, उद्धारकर्ताहरुले खोजी गरिरहेका छन् ।’

पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top