प्रहरीको हात भाँचिदिएको आरोपमा एक व्यवसायी पक्राउ
प्रकाशित:
२०७९, १६ माघ
पोखरा, १६ माघ । प्रहरीको हात भाँचिदिएको आरोपमा पोखरामा एक जना व्यवसायी पक्राउ परेका छन् । चेकिङमा बसेका प्रहरीको हात भाँचिदिएको आरोपमा व्यवसायी सौरभ थापा पक्राउ परेका हुन् ।
२५ वर्षीय सौरभले गत बिहीबार पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे चलाएको गाडीको ठक्करबाट प्रहरीको हात भाँचिएको बताइएको छ ।
रक्सीले मातेर गाडी चलाएका थापालाई रामबजारमा प्रहरीले रोकेपछि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर प्रहरीलाई हानेको बताइएको छ ।
उनलाई बिहीबार पक्राउ गरी अभद्र मुद्दामा ५ दिनको म्याद थप गरिएको प्रहरीको भनाइ छ । उनी अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाका छोरा भएको बताइएको छ ।
प्रतिक्रिया