भूमिगत संगठनको नाममा चन्दा उठाउने ४ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १६ माघ

काठमाडौं, १६ माघ । भूमिगत संगठनको नाममा चन्दा उठाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको तथा विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले गत पुसको १६, १७ र १८ गते कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा माग गरेको प्रहरीले जनाएको छ । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी दिएको सूचना आएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

पक्राउ पर्नेमा भूमिगत संगठन नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएके छ ।

प्रतिक्रिया