डोजर आतङ्क बन्द गर्न माग गर्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन
प्रकाशित:
२०७९, १५ माघ

काठमाडौं, १५ माघ । जथाभावी रुपमा डोजर चलाएको विरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
पुस २८ गते शंखमुलस्थित निजी घरमा महानगरपालिकाले नियमविपरीत डोजर चलाएर पर्खाल भत्काएको थियो । शंखमुलका सायल सिंहको घरको पर्खाल भत्काइपछि शाहविरुद्ध प्रर्दशन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
महानगरले सूचना नै जारी नगरी कम्पाउन्ड भत्काएको र उक्त कदममा कुनै कानुनी आधार नरहेको प्रदर्शनकारीको भनाइ रहेको छ ।

काठमाडौंको माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न समूहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
