रवि लामिछानेले पाए नेपाली नागरिकता, आजै पार्टी सभापति घोषणा गरिने
अखबार टुडे
प्रकाशित:
२०७९, १५ माघ

काठमाडौं, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र पाएका हुन् ।

उनले अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेका थिए । योसँगै लामिछानेलाई आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति घोषणा गर्ने तयारी गरिएको छ । रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता बनाएको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

यसैबीच रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

प्रतिक्रिया