पोखरामा आत्मदाहको प्रयास, जलेर दुई जना गम्भीर घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, १५ माघ

काठमाडौं, १५ माघ । पोखरामा जलेर दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१३ काहुँखोलामा ४३ वर्षका कृष्णबहादुर क्षेत्री र संगीता सापकोटा जलेर घाइते भएका हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत दुवैजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेको प्रहरीले आशंका गरेको छ ।

यद्यपी उनीहरु के कारणले जले भन्ने यकिन हुन सकेको छैन । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया