धनकुटा महोत्सवमा ठेलमठेल : घाइते भएका ३० जना को को हुन् ? (नामावलीसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १५ माघ

धनकुटा, १५ माघ । शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा घाइते भएका ३० जना मध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।

१८ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

प्रतिष्ठानमा उपचार हुन नसकी दुई बच्चालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । विराटनगर पठाइएका बच्चा र प्रतिष्ठानमा उपचारत छ जना बालबालिकासहित सबैको स्वास्थ्य सुधारउन्मुख रहेको उनले बताए ।

आयोजक संस्था उद्योग वाणिज्य सङ्घका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रूपमा महोत्सवको स्थगन गरिने जानकारी दिए । यही माघ ६ गतेदेखि जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप दुई दिन थप्ने कार्यक्रम रहेको थियो ।

गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूको विवरणः

धरानमा उपचार भई रहेको घाइतेहरू
१, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३१ की विष्णु राई ।

२, ऐ. बस्ने निजकै छोरा वर्ष ६ को अबिहाङ लिम्बू ।

३, वर्ष अ. ४५–५० की गोमा कार्की ।

४, वर्ष अ. २२–२३ की अनिषा राई ।

५, वर्ष अ. ४०–४२ को नारायण राई ।

६, वर्ष अ. ३–४ को नाम नखुलेको बच्चा ।

७, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ७ अ. वर्ष ६ को प्रकट श्रेष्ठ ।

८, वर्ष अ. ३३–३४ की बुद्धिमाया लिम्बू

९, वर्ष अ. १७–१८ को सबिन पौडेल

१०, वर्ष ४०–४२ को सन्दीप साह ।

११, जिल्ला धनकुटा धनकुटा नपा ४ बस्ने वर्ष १२ को प्रवेश राई ।

१२, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १२ की श्रेया कटुवाल।

१३, जिल्ला धनकुटा धनकुटा नपा ७ वर्ष ३६ की हिरा राना, अवस्था मध्यम ।

१४, जिल्ला धनकुटा धनकुटा नपा ७ बस्ने वर्ष ३० की अनुषा याखा राई ।

१५. जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३० की विनीता लिम्बू ।

१६, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १३ को सबिन लिम्बू ।

१७, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ११ को सुनिल लिम्बू ।

१८, जिल्ला धनकुटा धनकुटा नपा ७ अ. वर्ष ५० को प्रकाश प्रधान ।

जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात् डिस्चार्ज भएका १२ जना

१, धनकुटा नपा ७ बस्ने वर्ष १४ को अंशु सुबेदी ।

२, धनकुटा नपा १ बस्ने वर्ष ४६ को बिसन तामाङ ।

३, धनकुटा नपा १ बस्ने वर्ष ४१ को उदित राई ।

४, धनकुटा नपा १ बस्ने वर्ष ८ को आर्यन राई ।

५, धनकुटा नपा १ बस्ने वर्ष ४८ को नन्द कुमार तामाङ ।

६, धनकुटा ५ बस्ने वर्ष ४१ की शान्ता योगी ।

७, धनकुटा ३ वर्ष ४० कि रेनुका गुरागाई ।

८, पख्रिबास १ बस्ने वर्ष २३ की रिना पाण्डे ।

९, धनकुटा ७ बस्ने कुशुम श्रेष्ठ राना ।

१०. धनकुटा ६ बस्ने वर्ष ४० को प्रेम दाहाल ।

११, धनकुटा ५ बस्ने वर्ष ३० कि विनीता सुब्बा ।

१२. पख्रिबास ६ बस्ने वर्ष १७ को अनिश कार्की ।

प्रतिक्रिया