सर्वोच्चको फैसला : ३२ दिनमै रवि लामिछानेको पद गुम्यो, भने- म अनागरिक हुँ
अखबार टुडे
प्रकाशित:
२०७९, १३ माघ

काठमाडौं, १३ माघ । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको हो ।
सर्वोच्च अदालतमा शुक्रबार भएको रविको नागरिकता विवादबारे परेको रिटमाथि बहसमा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो । यससँगै लामिछानेको लामिछानेको राष्ट्रिय स्वतन्त्रता पार्टीको सभापति एवं उपप्रधान तथा गृहमन्त्री पद पनि गएको हो ।

यसैबीच रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आफूसँग कुनै प्रश्नको जवाफ आफूसँग नभएको बताएका छन् । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

प्रतिक्रिया