माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १३ माघ

काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा दुई दिनसम्म चलेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ । सबै दलहरूसँग छलफल गर्छौं ।’

राष्ट्रिय सहमति गर्दा नेकपा एमालेलाई धोका दिएको अर्थ नलाग्नेसमेत उनले दाबी छ ।

प्रतिक्रिया