काठमाडौं, १३ माघ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।
मन्त्रालयले बिहिबार एक सुचना जारी गर्दै प्रा.वि.तह ( कक्षा १ देखि कक्षा ५) सम्मको पाठ्यपुस्तक छाप्न निजी संस्थालाई दिने निर्णय गरेको थियो ।

उक्त निर्णयको विरुद्धमा अनेरास्ववियूले प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पसमा पुत्ला दहन गरिएको हो ।
शिक्षामन्त्रीले निजीलाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको अनेरास्ववियूको आरोप छ । मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन् ।
